युवा सृजनशील तालिम सम्पन्न - Crazysaptahik.com

युवा सृजनशील तालिम सम्पन्न


त्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे ८ मा रहेको प्रभात सामुदायिक युवा क्लबको आयोजनामा नगरका युवाहरुका लागि सञ्चालित ३ दिने सृजनशील तालिम सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बोल्दै तालिम सहजकर्ता पथरी शनिश्चरे नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिम्सिनाले हरेक मानिस सृजनशील भएर रचनात्मक जीवन जिउन आवश्यक रहेकोमा जोड दिए ।

सो अवसरमा बोल्दै प्रभात सामुदायिक युवा क्लबका अध्यक्ष नविनजंग कार्कीले क्लबले सधैं युवाहरुको सृजनशीलता बढाउनेखाले कार्यक्रम अघि बढाउने बताए । तालिममा सहभागितको तर्फबाट जानुका आचार्यले मन्तव्य व्यक्त गर्दै सृजनशील तालिमले आफुहरुलाई धेरै उत्प्रेरित गरेको समेत बताए। युवाहरु कसरी सृजनशील वन्ने भन्ने विषयमा केन्द्रीत तालिममा सृजनशीलता, उद्घोषण, मन्तव्य, कार्यक्रम निर्माण, साहित्य सृजना, माइन्यूट लेखन, निवेदन लेखन सहितका जीवन उपयोगी जानकारीहरु प्रदान गरेका थिए । पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा बुद्ध मावि सोमवारेमा सञ्चालित तालिममा १० वटा वडाका ४० जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.