सर्लाहीमा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त, एकको मृत्यु - Crazysaptahik.com

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त, एकको मृत्यु


क्रेजी साप्ताहिक पथरी । सर्लाहीको लालबन्दीमा आज प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट एक जना विप्लवका जिल्ला इञ्चार्जको मृत्यु भएको छ ।

विप्लव माओवादी र प्रहरीबीच दोहोरो भिडन्त हुँदा जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकरी दिएका छन् । पोखरेलका अनुसार लालबन्दी नगरपालिका–१ स्थित जंगलमा प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको हो । दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको पोखरेलले बताए । चार जनामध्ये पौडेलको घटनास्थलमै मृत्यु भएको हो भने अन्य तीन जना फरार रहेको पोखरेलले बताए ।

सम्बन्धित खवर