प्रधानमन्त्री रोजगार कार्यक्रम ३ वडामा शुरु - Crazysaptahik.com

प्रधानमन्त्री रोजगार कार्यक्रम ३ वडामा शुरु


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका ३ वटा वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको छ । बुधवारदेखि सुरु भएको कार्यक्रम अन्तर्गत हिजो वडा नम्वर ७ र १० मा कार्यक्रम थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका नगर संयोजक हिमाल राईले  बताए ।

७ नम्वरमा वडाध्यक्ष कपिलमणि ढकाल र १० नम्वर वडाका वडाध्यक्ष सागर राईले आ–आफ्नो वडाको कार्यक्रमको उद्घाटन् गरेका छन् ।  १० नम्वरका पैनी, सामुदायिक विद्यालय, मठ मन्दिर सरसफाई सहितका कार्यक्रमलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गरिएको छ । सो कार्यक्रममा वडाध्यक्ष राईका साथै कार्यपालिका सदस्य मैनादेवी आचार्य फूयाँल, वडा सदस्य मनकुमारी विश्वकर्मा सहितको अगुवाई रहेको थियो । उनीहरुले पनि सरसफाईमा सँगसँगै काम गरेका थिए ।
७ नम्वर वडामा तटवन्धन, विद्यालयको कम्पाउण्ड वाल निर्माण सहितका काम गरिनेछ । बुधवार नगर प्रमुख दिलिपकुमार राईले ४ नम्वर वडाबाट कार्यक्रमको थालनी गरेका थिए । प्रत्येक वडाका २०, २० जना गरी २ सय जनालाई रोजगारी प्रदान गरिएको छ । सो शिर्षकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत नगरका लागि ४० लाख रुपैयाँको कार्यक्रम प्रदान भएको छ ।

सम्बन्धित खवर