पाठेघर र आङ खस्ने समस्या सम्बन्धी साहारा नेपालको शिविर - Crazysaptahik.com

पाठेघर र आङ खस्ने समस्या सम्बन्धी साहारा नेपालको शिविर


प्रेमप्रसाद भटराई (के.डी) साहारा वचत तथा क्रण सहकारी सँस्थाको सेवा केन्द्र पथरीले महिलाहरुको पाठेघर र आङ खस्ने समस्या सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर चलाएको छ । विर्तामोडको वि एण्ड सि मेडिकल कलेज र नेपाल परिवार नियोजन संघ झापाको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा १५ जना स्वास्थ्यकर्मिको उपस्थिति थियो ।

वडा नं २ स्थित शान्ति किर्तन मण्डलीको र संस्थाको आफ्नै भवनमा आज सम्पन्न भएको स्वास्थ्य शिविरमा ४ सय भन्दा वढी महिलाहरुले परिक्षण गराएका थिए । जसमा २२ जनालाई पाठेघर क्यान्सरको समस्या देखा परेको छ । महिलाहरुले लाजको कारण यस्ता प्रकारका रोगहरु लुकाएर वस्ने हुँदा सहाराले यो सेवा दिएको सेवा केन्द्र पथरीका प्रवन्धक डम्बर बहादुर प्रधानले बताए । पाठेघर क्यान्सर पिडितलाई सँस्थालेनै उपचारको लागि पहल गर्ने समेत उनले जानकारी दिए ।

सम्बन्धित खवर