मेलमिलापकर्ताहरुलाई न्यायिक पुस्तक - Crazysaptahik.com

मेलमिलापकर्ताहरुलाई न्यायिक पुस्तक


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको न्यायिक समितिले वडा मेलमिलाप कर्ताहरुलाई न्याय सम्पादन तथा मेलमिलापका लागि सन्दर्भ सामग्रीका रुपमा आवश्यक पुस्तक प्रदान गरेको छ ।नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले नेपालको संविधान, देवानी संहिता ऐन, स्थानीय सरकार संचालन ऐन, मेलमिलाप नीति लगायतका पुस्तक हस्तान्तरण गरेकी छिन् ।

पुस्तक वितरण पछि न्यायिक समिति संयोजक वास्तोलाले वडालाई मेलमिलापमैत्री र न्यायमैत्री वनाउन मेलमिलापकर्ताहरु झनै लागि पर्न उत्प्रेरित गरीन् । पथरीशनिश्चरे नगरपालिका १ नम्वर प्रदेशमै सवैभन्दा बढी मुद्धा छिनोफानो गर्ने पालिकामा पर्दछ ।

सम्बन्धित खवर