'जेसीजले सक्षम युवा नेता र देशको कर्णधार युवाको उत्पादन गर्छ' - Crazysaptahik.com

‘जेसीजले सक्षम युवा नेता र देशको कर्णधार युवाको उत्पादन गर्छ’

– मानबहादुर दियाली, अध्यक्ष, पथरी जेसीज

पेशाले इन्जिनियर हुन् मानबहादुर दियाली । भद्र तथा सालिन व्यक्तित्वका धनी दियाली मोरङको पथरीशनिश्चरे–१० जिरिखिम्ति निवासी हुन् । सन् २०१३ मा पथरी जेसीजका सदस्य बनेका दियाली, सन् २०१९ का पथरी जेसीजका अध्यक्ष बनेका हुन् । आज असार १२ गतेबाट १८ गतेसम्म पथरी जेसीजले ‘जेसीज सप्ताह’ जस्ता कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भमा दियालीसँग गरिएका संवादका मुख्य अंशहरू :-

आजकल दिनचर्या कसरी बिताइरहनुभएको छ ?
– हेर्नुहोस् । पेशाले त्यसै पनि इन्जिनियर हुँ । मेरो आफ्नो पेशा त गर्नुपर्यो त्यसबाहेक सन् २०१९  को पथरी जेसीज अध्यक्ष भएका नाताले जिम्मेवारी धेरै भएकाले पनि मेरै दिनचर्या व्यस्त ढंगले वितिरहेको छ ।

जेसीज सप्ताह सन् २०१९ कसरी मनाउदै हुनुहुन्छ त ?
– यही असार १२ गतेबाट १८ गतेसम्म ‘जेसीज सप्ताह’ नाम दिएर ७ वटा कार्यक्रम गर्दै आइरहेका छौं । त्यसमा क्रमशः सप्ताह समुद्घाटन तथा भ्रष्टाचार सचेतना, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई टिफिनकारी वितरण, मैत्रीपूर्ण फुटसल प्रतियोगिता, लागू पदार्थ न्यूनिकरण एवम सचेतना, ट्राफिक सचेतना कार्यक्रम, नेतृत्व विकास र सम्मान तथा समापन समारोह कार्यक्रमहरु तय गरिएका छन् ।

भ्रष्टाचारी सचेतनामूलक कार्य क्रममा इटहरीका उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीलाई नै किन रोज्नु भयो त ?
– इटहरीका मेयरलाई जुन हामीले पत्रकार सम्मेलन मार्फत भनेका थियौ । यहाँको अभियान पनि भ्रष्टचारी विरोध भएकाले पनि ल्याउने निर्णय त गरेका हौँ । तर अलि निश्चित भएको छैन । अब हेरौ के हुन्छ ? त्यो भन्दापनि भ्रष्टाचार विरोध हाम्रो कार्यक्रम निकै सशक्त रहने छ । किनभने अहिले जुनसुकै तहमा भ्रष्टाचार मौलाइरहेको छ, सकभर यसका लागि बेलाबेलामा सचेतनामूलक कार्यक्रम गर्ने विचार गरेर हामीले त्यसमा पनि पथरी जेसीजले पहिला दिनको कार्यक्रम यसैबाट सुरुवात गर्दैछ ।

अहिलेसम्म पथरीमा जेसीजले के–कस्ता गतिविधिहरू गर्दैछ ?
– हेर्नुहोस्, जेसीज भनेको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था हो । यस संस्थाले व्यक्तिलाई एकदमै व्यक्तित्व विकास गराउँछ । यसले सामाजिक गतिविधिमा भन्दा पनि व्यक्तित्व विकास नेतृत्व क्षमतालाई अभिवृद्धि गराउँछ । त्यसमा पनि व्यक्तित्वको सिर्जना क्षमता फराकिलो बनाउँछ । त्यसमा पथरीका गतिविधिहरूमा ४० नकटेका पक्षहरुलाई हामीले व्यक्तित्व विकास क्षमताको तालिम दिएर भविष्यमा ४० कटेपछि सामाजिक कार्यमा लाग्न र उर्जाशील समयको सदुपयोग गर्न प्रेरणाको स्रोत बनाएका छौँ ।

अहिले पथरीमा जेसीजको सदस्यहरु कसरी वृद्धि गदै हुनुहुन्छ त ?
– जेसीज पथरीले १८ बर्षदेखि ४० बर्षसम्मका युवाहरुलाई यस संस्थामा आउन चाहने व्यक्तिहरुलाई ढोका खुल्ला गरेका छांै । त्यसमा पनि जो व्यक्तित्व विकास, नेतृत्व विकास लागि तालिम, विभिन्न तालिम अन्तर शाखाको तालिम, नेपाल जेसिजद्धारा आयोजित तालिम, सेमिनार गोष्ठी एकेडेमी लगायतमा सहभागी गराएर आफना सदस्यहरुलाई व्यक्तित्व र नेतृत्व विकास गराउँछौ । जहाँसम्म पथरी जेसिआइका सदस्यहरुमा पथरी जेसीजको सदस्यता वृद्धि गर्न कुरा यो संस्थाको विधानले वर्षको ३५ ले वृद्धि गर्न सक्ने प्रावधान छ । यस अन्तर्गत रहेर सदस्य थप गर्ने गर्न सकिन्छ ।

पथरी जेसीजले पथरीमा कस्ता खालका सामाजिक काम गदै आइरहेको छ त ?
– पथरी जेसीजले पथरी विभिन्न ठाउँमा सामाजिक काम गदै आइरहेको कुरा अवगतै छ । त्यसमा पनि जेसिज सप्ताह सन् २०१९ अन्तर्गत कार्यक्रमहरुमा पनि समाजका लागि केही कार्य गर्दैछांै । त्यसमा पनि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई टिफिनकारी वितरण कार्यक्रम गर्दैछांै । यसपालि हिरक आधारभूत विद्यालय पथरीशनिश्चरे—१० का स्कुलका विद्यार्थी टिपिनकारी दिन गइरहेका छांै । उनीहरुलाई चाहिने व्याग स्टेशनरी लगायत विवरण गर्ने कार्यक्रम तय गरिरहेका छौ । त्यसैगरी लागू पदार्थ दुव्र्यसन न्युनीकरणका लागि सचेतना कार्यक्रम पनि गरिदैछ । स्वास्थ्य तथा मनोरञ्जनात्मक कार्यक्रमका लागि मैत्रीहरू फुटसल प्रतियोगिताको आयोजना गरिदंैछ । पथरीमा रहेर आफ्नो बलबुताले भ्याएसम्म यस्ता सामाजिक काममा हाम्रो जेसीजले सामाजिक काममा हात हालेको अवस्था छ ।

यो संस्थाबाट मानिसले के सिक्दछ ?
– जेसीजबाट मानिसले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको छ । बिशेष त व्यक्तित्व विकास गर्छ । बोल्ने कलाको विकासमा अभिवृद्धि हुन्छ । आर्थिक समृद्धिका लागि आवश्यक कुराहरूको विकास गर्छ । व्यापार–प्रवद्र्धन गर्न सक्दछ । सक्षम युवा नेता र देशको कर्णधार युवाको उत्पादन गर्छ र समाज सेवातिर उन्मुख गराउने प्रेरणा मिल्दछ । भोलिका दिनमा समाजका लागि केही गर्ने युवाको जमात उत्पादन गर्दछ ।

अन्त्यमा केही भन्नु छ ?
– कोरा युवालाई जेसिजमा आवद्धता गराउँदै, गर्दा उसले आफ्नो जीवनमा धेरै कुरा सिकेर परिवार समाज राष्ट्रलाई केही योगदान दिन सक्ने व्यक्ति हुन् । जेसीजमा लागेर बिगे्रको कोही छैन । जिन्दगीको ढोका बन्द भयो भन्ने व्यक्तिहरु पनि जेसीजमा लागेर आफूलाइ सफल बनाउन सक्छन् । प्रगति गर्न सक्दछ । त्यसैले जेसीजलाई सबैले सद्भाव राखिदिनु हुनका लागि सबैलाई पथरीशनिश्चरे निवासी आमा, बुबा, दिदी, बहिनीहरुमा बिशेष आग्रह गर्दछु । मेरा विचारहरु यस मिडियामा राख्ने मौका दिनुभएकोमा मिडिया टिमलाई धेरै–धेरै धन्यवाद दिन चाहान्छु ।

– प्रस्तुति : भूमिप्रसाद पाठक

जेसीज सप्ताहको प्रेम मिट भिडियो :

https://www.youtube.com/watch?v=PjKdFp3Htzk&t=29s

सम्बन्धित खवर