पथरी जेसीजको जेसीज सप्ताह सुरु - Crazysaptahik.com

पथरी जेसीजको जेसीज सप्ताह सुरु

क्रेजी साप्ताहिक
पथरी । पथरी जेसीजको जेप्ताह विहिबारदेखि सुरु भएको छ । सप्ताहको उद्घाटन कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले सवैले आ–आफ्नो ठाउँबाट भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने अभियानमा लाग्नु आवश्यक रहेको बताउनु भयो ।

नगरपालिकामा कर्मचारी र भौतिक संरचनाको अभावकाबीच चुस्त काम गर्ने कोशिस जारी राखेको बताउँदै उहाँले कसैले कुनै भ्रष्टाचारपूर्ण गतिविधि गरेको पुष्टी भए आफुले तत्काल कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सप्ताह कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवम् समाजसेवी गणेशकुमार खड्का, पथरी जेसीजका पूर्व अध्यक्ष दीपेन्द्र तिम्सिना, रमाईलो जेसीजका संस्थापक अध्यक्ष हिमप्रसाद तिम्सिनाले भ्रष्टाचारमुक्त समाज निर्माणमा जोड दिनुभयो ।

जेसीज सप्ताह अन्तर्गत असार १३ गते गरीव तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण, १४ गते मैत्रीपूर्ण फुटसल, १५ गते लागू पदार्थ न्यूनिकरण सचेतना, १६ गते ट्राफिक सचेतना, १७ गते नेतृत्व विकास तालिम र १८ गते समापन हुने कार्यक्रम संयोजक सुवर्ण खत्रीले जनाउनु भयो । कार्यक्रम जेसीज अध्यक्ष मानवहादुर दियालीको अध्यक्षतामा सम्पन्न भयो ।

सप्ताह कार्यक्रम अन्तर्गत आज पथरीशनिश्चरे १० मा अवस्थित हिरक माविमा गरिब तथा जेहेन्दार विद्यर्थाीहरुलाई टिफिनकारी वितरण कार्यक्रम रहेको छ । सो कार्यक्रमको संयोजक जेसी अनु राई रहेकी छिन् ।

https://www.youtube.com/watch?v=PjKdFp3Htzk&t=32s

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.