जनआन्दोलन चौकमा भ्रष्टचार विरुद्धको सचेतना कार्यक्रम - Crazysaptahik.com

जनआन्दोलन चौकमा भ्रष्टचार विरुद्धको सचेतना कार्यक्रम


क्रेजी साप्ताहिक
पथरी । भ्रष्टाचार विरुद्धको अभियानमा चर्चा कमाएमा आएका इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले मोरङको पथरी आएर ‘हिजो मन्त्रीलाई पजेरो र प्राडो भनेको सुन्थे अहिले मेयरलाई डोजर भनेको सुन्दा सरम लागेर आउँछ ।’ बिहीबार पथरीको जनआन्दोलन चौकमा पिस ल्याम्प र माउण्ट एभरेष्ट इन्टरटेन्मेन्टले आयोजना गरेको भ्रष्टचार विरुद्धको सचेतना कार्यक्रममा उनले यसै भयो ।

प्रायः मेयर लगायतको जनप्रतिनिधिहरुले आफै डोजर, ट्रिफर किनेर ठेक्का लिन थालेपछि मेयरलाई डोजर भनेको सुन्दा आफूलाई सरम लाग्ने गरेको उनले दावाका साथ भने । ‘संघ, प्रदेश र अधिकांश स्थानीय तहमा कम्युनिष्ट पार्टीको अभूतपूर्व शक्ति रहेको सरकार छ,’ चौधरीले भने, ‘हिजो कुनै दलको सरकार वा राजतन्त्र थियो र भ्रष्टचार रोकिएन, अब भ्रष्टचार रोकिएन, विकास भएन भने कसलाई दोष दिने ?’

स्थानीय तहका जनप्रतिनिधिको लागि अब हजार दिन मात्र बाँकी छ । जनताको सपना धेरै छन् । जताततै भ्रष्टचारको छिद्रा छन् । जनप्रतिनिधि, कर्मचारी, अदालत, प्रशासन सम्झेर ल्याउँदा कहाली लाग्छ । यद्यपि अझै जनतामा आशाको किरण हराइनसकेको प्रमुख चौधरीको भनाइ थियो ।

कर्मचारी हुँ भन्ने कमिसन माग्ने, कम्युनिष्ट नेता हुँ भन्ने मोही किसानको गला रेट्ने छुट कसैलाई छैन । एउटै संस्थामा १९÷२० बर्ष बस्नु लोकतन्त्रको भद्दा नमूना हुने प्रमुख चौधरीको भनाइ थियो । हरेक स्थानीय तहमा ५ देखि १० प्रतिशत कमिशन संस्थागत भएको खुलाउदै इटहरीमा बन्द गरिएपछि सारा नगरनै हल्लिरहेको उनले बताए ।भ्रष्टाचार विरुद्धको अभियानमा युवाहरु लाग्न आग्रह गर्दै नेपाल सुखी बने सम्पूर्ण नेपाली सुखी बन्ने बताए । प्रमुख चौकरीले ‘सुखी नेपाली र संमृद्ध नेपाल’ नाराले मात्र सम्भव नहुने प्रधानमन्त्री केपी ओलीले भिष्म प्रतिज्ञा गरे सम्भव हुने बताए ।

‘मैले भ्रष्टचार गरेको पुष्टी भएमा राजीनामा दिन्छु’–उपमेयर बिष्ट
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्टले आफू निर्वाचित भएदेखि निरन्तर भ्रष्टाचार विरुद्धको अभियानमा लागिरहेको जनाइन् । आफ्नो कार्यकालभरि जनतालाई धोका नदिने वाचा गर्दै आफूले भ्रष्टचार गरेको पुष्टी भएमा तत्काल राजीनामा दिने बताउनुभयो ।

देशभरका मेयरहरु साँझमा होटल वा विभिन्न व्यक्तिहरुको घरमा पार्टी भोजमा लागे पनि उपमेयरहरु त्यसो नगर्ने उपप्रमुख विष्टको भनाइ थियो । आफ्नै नगरमा पनि २० लाखमा सम्पन्न हुने योजना २५ लाखको स्टिमेट बन्न लाग्दा रोकिएको प्रसंग उल्लेख गर्दै जनताको साथ पाए पथरीशनिश्चरे नगरपालिकालाई भ्रष्टचार मुक्त बनाउने बताइन् । उपप्रमुख बिष्टले कमिशनको खेलमा भएको कामजोर कामहरुको विल भपाई रोक्दा नगर प्रमुखको टेवलमा कुरा पुग्ने गरेको बताउनुभयो ।

सम्बन्धित खवर