गरिवि निवारण अन्तर्गत डाँसमोरङगीले गर्यो पशु वितरण - Crazysaptahik.com

गरिवि निवारण अन्तर्गत डाँसमोरङगीले गर्यो पशु वितरण


प्रेमप्रसाद भटराई (के.डी)
पथरीशनिश्चरे वार्ड नं १० स्थित डाँस मोरङगी सामुदायीक वनले गरिवि निवारण कार्यक्रम अन्र्तगत आयस्रोत निम्न भएका उपभोत्तालाई पशुवितरण गरेको छ ।

वनले आफ्ना १४ उपभोत्तालाई जनही १०÷१० हजार मुल्य बराबरका पशु वितरण गरेको हो । जसअन्तर्गत ६ उपभोत्तालाई २ वटाका दरले सुगुर (चारो सहित), ३ उपभोत्तालाई खसि र ३ उपभोत्तालाई १–१ वटाका दरले भैसाीको पाडा वितरण गरिएको छ । वाँकी २ उपभोत्ता भने छनोट गर्न वाकी रहेको वनका अध्यक्ष जिवन कट्वालले वताए । वितरण गरिएका पशुहरुको विमा पनि वनले नै गरिदिने समेत उनले बताए ।

सम्बन्धित खवर