अचम्मको घटना : आफ्नै लिंग काटेपछि ... - Crazysaptahik.com

अचम्मको घटना : आफ्नै लिंग काटेपछि …


क्रेजी साप्ताहिक
मोरङ । मोरङको लेटाङ नगरपालिकामा बिहिबार अचम्मको घटना घटेको छ । सुन्दा पनि यसले सबैको आङ्ग सिरिङ्ग बनाउँछ । लिंग पुरुषको संवेदनशील अंग हो । कोही कसैले अर्काको लिंग काटिदिएको घटना भने सबैले सुनेकै हो । तर, मोरङको लेटाङ नगरपालिका–३ मिलन चौकका २२ वर्षीय सुनिल राईले भने आफ्नै लिंग काटेर दुई टुक्रा बनाएका छन् । तरकारी काट्ने चक्कुले लिंग छिनाएपछि अवस्था गम्भीर बनेका उनलाई स्थानीय बासिन्दाले उदार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगेका थिए । प्रहरीले यस घटनालाई अनौठो मानेर अनुसन्धान अघि बढाएको छ ।

उनका बुबा बुमा राईले प्रहरीलाई दिएको जानकारी अनुसार सुनिलले कहिले काहीं असामान्य व्यवहार देखाउने गरेका थिए । जन्डिस सम्बन्धी पुरानो समस्या पनि रहेका उनले मादक पादार्थ सेवन भने नियमित गर्ने गरेको जानकारी बुमाले प्रहरीलाई दिएका थिए । नियमित मापसेकै कारण जन्डिस निको नभएको र त्यसपछि सुनिलले असामान्य व्यवहार देखाउने गरेको बताइएको छ । बुमाले केही समयदेखि सधैं एकोहोरो भएर टोलाइरहने र कहिले काहीं घर छाडेर हिंड्ने गरेको बताए । उनले भने, ‘सधैं एकोहोरो भइरहने ग¥थ्र्यो । कहिले कांही घर छाडेर हिंडेपछि फर्किएर आउँदैन थियो । परिवारका सदस्य गएर खोजी गरेर ल्याउने गरेका थियौं । तर आज एक्कासि यो घटना आफैले गराएको देख्दा हामी पनि अचम्ममा प¥र्यौ ।’

प्रहरीले घटना भएका बेला घरमा परिवारका अरु सदस्य नभएको जनाइएको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवडाले कहिले काहीं असामान्य व्यवाहरा देखाउने युवाले अनौठो घटना गराएको बताए । ४ वर्ष अघि विवाह गरेका सुनिलको ३ वर्षका छोरा पनि छन् । प्रहरीका अनुसार पारिवारिक सम्वन्ध भने राम्रो रहेको छ । ‘विभिन्न खाले व्यवहार देखाए पनि पारिवारिक सम्बन्धमा कुनै खटपट रहेको पाइएन,’ खतिवडाले भने, ‘प्रारम्भिक अनुसन्धानबाट मानसिक अवस्था त्यति ठीक नरहेको पाइएको छ ।’

उनका अनुसार सुनिलले कहिले काहीं घर छाडेर हिंड्ने र नफर्कने गरेपछि परिवारका सदस्यले नै खोजी गरेर ल्याउने गरेको पनि पाइएको छ । मानसिक अवस्था राम्रो नभएकै कारण कारण मैले के गर्दै छु भन्ने कुराको भेउ नपाउँदा घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । सुनिलले बुधबार पनि घर छाडेर हिंडेको र परिवारका सदस्यले खोजी गरेर साँझमा फर्काएर ल्याएको जानकारी बुवा बुमाले प्रहरीलाई दिएका छन् । सुनिलले घटनाका बेला भने मादक पदार्थ सेवन नगरेको प्रहरीले जनाएको छ । घटना हुनुको कारण पत्ता लागिनसकेको र विशेष ढंगबाट अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

सुनिललाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । नोबेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले दिएको जानकारी अनुसार अत्यधिक रक्तश्राव भएका कारण उनको अवस्था गम्भीर छ । चिकित्सकले सिलाई गरेर लिंग जोड्ने प्रक्रिया सुरु गरे पनि त्यो जोडिने होे या हैन भन्ने कुरा यकिन भइनसकेको प्रहरीको भनाइ छ ।
–पूर्वेलीन्युजबाट

 

सम्बन्धित खवर