प्रदेश नं.–१ को मूर्तिकला/चित्रकला भेला - Crazysaptahik.com

प्रदेश नं.–१ को मूर्तिकला/चित्रकला भेला


भूमिप्रसाद पाठक
मोरङ्गको पथरीशनिश्चरे–२ स्थित सिन भिलेज पार्टी प्यालेसमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान २०७६/७७ को प्रदेश नं–१ स्तरीय मूर्तिकला/चित्रकला कार्य तर्जुमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ ।

प्रमुख अतिथिका रुपमा रहेका पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार (किशोर) राईले गोष्ठीमा बोल्दै– उक्त अन्तरक्रिया कार्यक्रमले ठोस उपलब्धि हासिल गरोस् त्यसमा जुनसुकै सहयोग गर्न नगरपालिका तयार रहेको धारणा राखेका थिए । विशिष्ट अतिथिमा नेपाल साँस्कृतिक महासंघका महासचिव प्रेमनाथ अधिकारी र राष्ट्रिय प्रतिभा पुरस्कार सम्मानित स्व्यम प्रकाश श्रेष्ठ लगायत रहेका थिए । अतिथिहरुमा वरिष्ठ चित्रकार जीवराज पोखरेल ‘पन्छी’ विक्रमश्री राई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सदस्य सरोजा खड्गी, एभरेष्ट आर्ट फ्युजनका अध्यक्ष षडानन्द (निश्चल) सुवेदी, कोषाध्यक्ष सीता राई र सदस्यहरु यसोदा राई सुब्बा र टीका लुइँटेल रहेका थिए । सोही गोष्ठी कार्यक्रममा अधिकारीले मूर्तिकला/चित्रकला भोगेका कठिन समस्याहरुका बारेमा टिप्पणी गरेका थिए । सो कार्यक्रममा अध्यक्षता नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका मुर्तिकला प्रमुख लालकाजी लामा रहेका थिए भने उक्त कार्यक्रम सञ्चालन साहित्यकार/चित्रकार/मूर्तिकार गणेश लामाले गरेका थिए । कार्यक्रमको व्यवस्थापन सहयोगीको रुपमा एभरेष्ट आर्ट फ्युजन रहेको छ, भने सोही कार्यक्रम र्मूिर्तकला विभाग नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्साल, काठमाडौको आयोजनामा भएको थियो । कार्यक्रममा प्रदेश नं–१ भरिका ५० भन्दा बढी मूर्तिकार/चित्रकारहरुको सहभागिता रहेको छ ।

सम्बन्धित खवर