जेसिज सप्ताह अन्तर्गत फुटसल प्रतियोतिा सम्पन्न - Crazysaptahik.com

जेसिज सप्ताह अन्तर्गत फुटसल प्रतियोतिा सम्पन्न

 

 


क्रेजी साप्ताहिक
पथरी । पथरी जेसिजको सप्ताह कार्यक्रम अन्तरगत इन्टर्नेट सेवा प्रदायक सस्था वर्ल्ड लिन्क र पथरी जेसिज बिच मैत्रिपुर्ण फुट्सल प्रतियोगिता हिजो सम्पन्न भएको छ ।

उर्लाबारीको फुट्सलमा सम्पन्न मैत्रिपूर्ण फुट्सल प्रतियोगितामा पथरी जेसिजलाई हराउदै वर्ल्ड लिन्क विजेता बनेको छ । बिजयी टिमलाई नगद पुरस्कार सहिद प्रमाण पत्र अध्यक्ष जेसी बहादुर दियाली र प्रमुख अतिथी पूर्व अध्यक्ष जेसी जीवन कटुवाले हस्तान्तरण गरेका थिए । कार्यक्रमको संयोजकत्व पथरीशनिश्चरे वार्ड नं–१० का वडा सदस्य समेत रहेका अनोज घिमिरेले गरेका थिए । सप्ताह अन्तरगत आजको कार्यक्रम लागु औषधी दुर्व्यसन बिरुद्द सचेतना कार्यक्रम पञ्चायत माध्यमिक बिधालयमा हुृने पथरी जेसिजका अध्यक्ष मान दियालिले बताए ।

सम्बन्धित खवर