धादिङमा बस र माइक्रो ठोक्किदा दुई जनाको मृत्यु - Crazysaptahik.com

धादिङमा बस र माइक्रो ठोक्किदा दुई जनाको मृत्यु

काठमाडौं । धादिङको बेनीघाटमा बस र दुई वटा माइक्रो बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लु १ ख ९०७९ नम्बरको बस बा ३ ख १००४ र बा २ ख ४५६७ नम्बरको माइक्रोबससँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ३२ जना घाइते भएको र घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौै पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी गराएको छ ।

मृतक एकजना धादिङ महादेवस्थान गाउँपालिकाका २७ वर्षीय श्यामकुमार श्रेष्ठ रेहको र एक जनाको शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । यद्यपि,घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खवर