इश्वर फार्मेसीद्वारा सञ्चारकर्मीहरुलाई माक्स र सेनिटाइजर वितरण - Crazysaptahik.com

इश्वर फार्मेसीद्वारा सञ्चारकर्मीहरुलाई माक्स र सेनिटाइजर वितरण

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे–१ मा स्थापित इश्वर फार्मेसीले फ्रन्टलाईनमा रहेर कार्य गर्ने पथरी शनिश्चरेका संचारकर्मीहरुका लागि मास्क र सेनिटाइजर वितरण गरेको छ ।

आज (सोमबार) फार्मेसी संचालक तथा पथरी हस्पिटलका सञ्चालक इश्वरी सापकोटाले नेपाल पत्रकार महासंघ मोरङका सहसचिव सन्तोष राईलाई सो सामाग्री प्रदान गर्नुभएको हो । सामाजिक कार्यमा सहयोग गर्दै आएका फार्मेसी संचालक सापकोटाले पत्रकारहरुलाई केएन ९५ माक्स र सेनिटाइजर प्रदान गरेका हुन् ।

कोरोना भाइरस कोभिड १९ को जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउनको अवस्थामा समेत रिपोटिङमा अहोरात्र खटिने पत्रकारहरुको सुरक्षाका लागि माक्स र सेनिटाइजर सहयोग गरेको सापकोटाले बताउनुभयो ।

इश्वर फार्मेसीको यो सहयोगले आफ्नो कार्यमा खटिने संचारकर्मीलाई सहज हुने नेपाल पत्रकार महासंघ मोरङका सहसचिव सन्तोष राईले बताउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.