गरिमाको आयोजनामा अनलाइन पब्लिक स्पिकिङ कम्पिटिसन हुने - Crazysaptahik.com

गरिमाको आयोजनामा अनलाइन पब्लिक स्पिकिङ कम्पिटिसन हुने

क्रेजी साप्ताहिक
पथरी । लम्बिदै गइरहेको लकडाउन र समाजको द्वन्द्वको विषयमा युवा पिढीहरुको आवाज बुलन्द गर्ने हेतुले ‘जातीय विभेद र नेपाली समाज’ बिषयमा गरिमा अनलाइनले अनलाइन पब्लिक स्पिकिङ कम्पिटिसन २०२० को आयोजना गर्नेभएको ।

देश तथा विदेशबाट पनि सहभागिता हुन सकिने यस कार्यक्रमको विजेताले नगद रु. १५ हजार र दोस्रो हुनेले रु. १० हजार प्राप्त गर्नेछन् । नेपाली समाजमा ब्याप्त रहेको जातीय विभेदको कारण सामाजिक संरचनामा प्रहार भइरहने र जसको कारण आपसी सदभाब बिग्रने र साम्प्रदायिक अराजकता बढ्न सक्ने भावी दिनलाई मध्यनजर गर्दै अहिलेको युवा पिढीहरुको विचार एवम बहसद्वारा सकरात्मक उत्प्रेरणा फैलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको छ ।

सिल्भर इन्टरटेन्टमेन्टको आवद्धता रहेको यस कार्यक्रमको निर्णायकहरुमा अधिबक्ता तथा समाजसेवी डा. देउमान सम्बाहाम्फे, पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल, नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर, मिस कस्मोपोलिटियन वल्र्ड २०१९ प्रिया रानी लामा र मोटिभेशनल स्पीकर सुरेश राइ रहेका छन् ।

सहभागीको भिडियोको वाच भ्युको आधारमा ५० प्रतिशत मूल्याङ्कन र निर्णायकको ५० प्रतिसत मुल्याङ्कन रहनेछ । सहभागीले आफ्नै घर या आफू बसेको स्थानबाट अफ्यानओ मोबाइल, क्यामेरा या प्रविधि प्रयोग गरेर सम्पादन नगरेको ५ मिनेट सम्मको भिडियो पठाउनु पर्ने हुन्छ । यस्तैगरी सोही भिडियो गरिमा अनलाइन टेलिभिजनको युट्युब च्यानल मार्फत् अपलोड गरिनेछ ।

सोही भिडियोको पब्लिक भ्युज र निर्णायकको मूल्यांकनबाट बिजेता घोषणा गरिनेछ । सहभागिताको लागि अन्तिम मिति २०७७ असार २९ गतेसम्म हुनेछ । अनलाइन पब्लिक स्पिकिङ कम्पिटिसन आजकै मितिबाट सुरु भएको आयोजक सुमन कुरुम्बाङले जानकारी दिए ।

विस्तृत जानकारी भिडियो हेर्नुहोस :-

https://www.youtube.com/watch?v=tUEIP_4EkEU

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.