कानेपोखरीको मुसहर बस्तीमा राहत वितरण - Crazysaptahik.com

कानेपोखरीको मुसहर बस्तीमा राहत वितरण

क्रेजी साप्ताहिक
पथरी । कोरोना भाइरस (कोभिड १९) ले सबैतिर त्रास फैलाएपछि देशमा अहिले लकडाउन छ ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ते तथा विपन्न परिवारलाई छाक टार्न नै धौधौको अवस्था छ । उक्त पीडालाई कम गर्ने हेतुले यहांको एक समूहले कानेपोखरी गाउंपालिका वडा नं ४ को मुसहर बस्तीमा राहत वितरण गरेको छ ।

पथरीशनिश्चरेमा सबैका लागि शिक्षा अभियानमा सक्रिय प्रदिपकुमार राई, गणेश थुक्लुड़ लगायतको समुहको पहलमा बुधबार सो समुदायलाई राहत बितरण गरिएको हो । डांस खोलाको किनारमा रहेको सो समुदायको जिवनयापन दैनिक ज्यालामजदुरीले चल्ने गरेको छ ।

सो समुदायको समस्यालाई बुझेर उनले अमेरिकामा रहेका आफ्ना केहि साथिभाइसंग सहयोगका लागि पहल गरेका थिए । अमेरिकामा रहेको भुटानिज नेपाली अर्गनाइजेशन अफ बाल्टिमोर नामक संस्थामा आवद्ध युवा समाजसेवी डिबी नाछिरिड़ राई र ईन्द्रप्रसाद राईको अगुवाईमा १६ जना युवाहरूले राहतका लागि सहयोग गरेका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.