पथरी शनिशचरेमा योजना तर्जुमा सम्वन्धी छलफल - Crazysaptahik.com

पथरी शनिशचरेमा योजना तर्जुमा सम्वन्धी छलफल

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम एवं बजेटका विषयमा योजना तर्जुमा सम्वन्धी छलफललाई अघि बढाएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिकाको बैठकले असार १० गतेको नगरसभाका लागि प्रति वडा ७५ लाख वडागत बजेट सिलिङ तय गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताए ।

बैठकले, जेठ ३० गतेसम्ममा विषयत समितिमार्फत नितीगत विषय सहितको योजना र असार ५ गतेसम्ममा वडागत योजना तर्जुमा गरिसक्ने निर्णय गरेको पनि प्रवक्ता गुरागाईंले बताए ।

कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लामो समयको लकडाउनका कारण राजस्व सहित नगरको समग्र आम्दामीमा गिरावट आएकाले बजेटको आकारमा समेत केही असर परेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.