
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरमा सञ्चालन भएका योजनाहरुमध्ये बुधबार ३ वटाको अनुगमन् गरिएको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा वडा नम्बर ४ को अधुरो पिचदेखि खड्का टोल हुँदै गान्धीमनमोहन मार्ग जोड्ने सडक ग्राभेल योजनाको अनुगमन भएको छ ।
वडाको ४ लाख ५० हजारको लागत स्टिमेटमा ७ सय ५० मिटर लम्बाई र ४ मिटर चौडाईको सडक ग्राभेल भएको छ । यस्तै, वडा नम्वर ६ को आदर्शचोक पूर्व जानेबाटोको होलीमा वडाको ५ लाखको बजेटमा २ दशमलव ४० मिटर लम्वाईको बक्स कल्भर्ट निर्माण सम्वन्धी योजनाको पनि अनुगमन् भएको छ ।

यसक्रममा टोलीले, २ नम्वर वडाको नगर अस्पतालको माथिल्लो तलामा पेवल, टाइल, वाल, जिप्सन सहित नगरको १५ लाखको बजेटमा भइरहेको निर्माण कार्यको पनि अनुगमन् गरेको छ ।

