नेपालकै उत्कृष्ट वन हरियालीद्वारा नगरलाई १ लाख २५ हजार सहयोग - Crazysaptahik.com

नेपालकै उत्कृष्ट वन हरियालीद्वारा नगरलाई १ लाख २५ हजार सहयोग

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहले नगरमा भाइरस विरुद्ध लड्न सहयोग गर्ने हेतुले कोरोना भाइरस जोखिम न्युनिकरण समन्वय समितिलाई काठ तथा नगद सहयोग गरेको छ ।

पथरी शनिश्चरे नगरपालिकाले भारतबाट आएकाहरुलाई राख्न पथरी बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइनमा भारत लगायतको स्थानबाट आएका नगरबासीहरुलाई राखिएको छ ।

क्वारेन्टाइनमा बेड निर्माणको लागि ३२ किवी काठ र एक लाख २५ हजार २५ रुपैयाँ नगद बुधबार प्रदान गरेको हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरले जानकारी दिनुभयो । सो काठबाट २० वटा खाट निर्माण भएको अध्यक्ष मगरले बताउनुभयो ।

उक्त रकम कोरोना भाइरस जोखिम न्युनिकरण समन्वय समितिको संयोजक समेत रहनुभएका नगर प्रमुख दिलिपकुमार राईलाई वनले हस्तान्त्रण गरेको थियो ।

हरियाली वनले यसअघि पनि झण्डै सय जना अट्ने सभाहल क्वारेन्टाइनको लागि उपलब्ध गराउने घोषणा गरेको थियो । हरियाली सामुदायिक वन नेपालकै उत्कृष्ट वन हुँदै गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.