
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि तय गर्ने नीति तथा कार्यक्रम तय गर्नका लागि विषयगत समितिहरुका लगातार बैठक बसिरहेका छन् ।
सोही क्रममा आज नगर उपप्रमुख यमुना विष्ट वास्तोला संयोजक रहेको राजस्व परामर्श समितिको बैठकले राजस्व सम्बन्धी यसअघि छलफल भएर बाँकी रहेका विषयहरुमाथि छलफल बढाएको छ ।
यसैगरी, १ नम्वर वडाध्यक्ष बाबुराम एङदेन संयोजक रहेको भौतिक पूर्वाधार समितिको समेत आजै बैठक बसी विभिन्न बुँदाहरुमा छलफल गरेको छ ।
यसैबीच, नगरका वडाहरुले पनि वडागत नीति कार्यक्रम तथा योजना तय गर्नका लागि छलफल चलाउने क्रम अघि बढाएका छन् ।

