वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण कार्य अघि बढ्यो - Crazysaptahik.com

वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण कार्य अघि बढ्यो

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण कार्य अघि बढेको छ ।

सोही क्रममा आज वडा नम्वर १ का लागि आधारभूत स्वास्थ्य केन्द्रका रुपमा रहेको शहरी स्वास्थ्य केन्द्रको भवनको शिलान्यास भएको छ । नगर प्रमुख दिलीपकुमार राई (किशोर), उपप्रमुख यमुना विष्ट वास्तोला सहितले भवनको शिलान्यास गर्नुभयो । ६३ लाख रुपैयाँको लागतमा ६ कोठाको भवन निर्माण हुनेभएको हो ।

आज नै वडा नं. १० का अध्यक्ष सागर राई मार्फत वडा नम्वर १० को आधारभूत स्वास्थ्य केन्द्र भवनको पनि शिलान्यास गरिएको छ । त्यहाँ ३२ लाखको लागतमा ४ कोठाको भवन निर्माण हुनेछ ।

१० वटा वडा रहेको नगरको वडा नम्वर २ मा नगर अस्पताल, ५ मा हसन्दह स्वास्थ्य चौकी र ९ मा शनिश्चरे स्वास्थ्य चौकी आफ्नै भवनमा रहेका छन् । त्यस बाहेकका वडाका लागि आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य अघि बढाइएको नगर प्रमुख राईले जनाउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.