
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तय गर्ने विषयमा सोमबार सामाजिक विकास समितिले तयार पारेको प्रस्तावित नीति माथि छलफल भएको छ ।
समितिका संयोजक कपिलमणि ढकालको संयोजकत्वमा बसेको बैठकले स्वास्थ्य, शिक्षा र महिला तथा बालबालिका शाखाबाट तयार पारेको प्रस्तावित नीतिमाथि छलफल गरिएको हो ।
असार १० गतेको निर्धारित समयअवधिमा नगरसभा गरी नीति, कार्यक्रम र बजेट पारित गर्ने गृहकार्यका लागि नगरमा विभिन्न विषयगत समिति र शाखाहरुले छलफलका गतिविधि अघि बढाइरहेका छन् । वडाहरुले पनि छलफल अघि बढाई योजना तर्जुमा गर्ने काम गरिरहेका छन् ।

