
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरेमा अवस्थित ‘कोरोना भाइरस सम्बन्धी केश अनुसन्धान तथा कन्ट्रयाक्ट खोज पड्ताल टिम’ले नगरमा बढेको जोखिमलाई मध्यनगर गर्दै आवश्यकता अनुरुपको आफ्नो सक्रियता बढाउन निर्देशन गरिएको छ ।
पथरी नगर अस्पतालका जग्गादातामध्येका बाबुराम राईको अध्यक्षता तथा नगर प्रमुख दिलीपकुमार राई (किशोर)को आतिथ्यतामा भएको अभिमुखिकरणले कोरोनाको संक्रमण देखिएकाहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङमार्फत खोज पड्ताल कार्यका लागि सक्रियता अघि बढाउने निर्णय भएको छ ।
जसका लागि नगरको निजी स्वास्थ्य संस्थाकातर्फबाट स्वास्थ्यकर्मी महेन्द्र दुलाल र नगरपालिकाका स्वास्थ्यकर्मी जगतप्रसाद मगर संयोजक रहेको २ वटा खोज पड्ताल समिति गठन भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर वस्नेतले कोरोना सहितका महामारी तथा प्रकोपजन्य रोगहरुको नियन्त्रणका लागि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सधैं तयारी अवस्थामा रहनु पर्ने कुरामा जोड दिनुभयो ।
कोरोना भाइरस सम्बन्धी केश अनुसन्धान तथा कन्ट्रयाक्ट खोज पड्ताल टिम र जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य संयोजक रहेको र्यापिट रेन्पोन्स टिमका पदाधिकारीसँगको अभिमुखिकरणमा खोज पड्तालको २ समिति र र्यापिट रेस्पोन्स टिमबीचको सहकार्यमा अघि बढ्ने निर्णय समेत भएको छ ।

