मुसहर समुदायका ६१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण - Crazysaptahik.com

मुसहर समुदायका ६१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे ६ मा स्थापित शिक्षा सदन आधारभूत विद्यालयमा अध्ययनरत ६१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

शुक्रबार मुसर समुदायका ६१ ऋषिदेव बालबालिकालाई ब्याग, एक दर्जन कापी र कलम वितरण गरिएको थियो ।

बेलायतमा रहेर नेपालको विभिन्न क्षेत्रमा योग्दान पुर्याउदै आउनुभएका मिलन नाल्वोले लामो समय लकडाउनका कारण घरमै बसेका बालबालिकाहरुलाई पढ्नु पर्छ भन्ने चेतना जगाउन उक्त सामाग्री सहयोग गर्नुभएको हो ।

पथरीशनिश्चरे ३ निवासी नाल्बोले शिक्षाबाट कुनै पनि सुदायका बालबच्चा बन्चित नहुन भन्ने हेतुले ५१ हजार बराबरको शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

यसरी विभिन्न समयमा दाताहरुको सहयोगले शैक्षिक सामाग्री आउन थालेपछि विद्यार्थी संख्या बढेर १ सय १२ पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर कार्कीले बताउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.