यायोक्खाद्वारा पथरीको साकेला थानमा वृक्षरोपन - Crazysaptahik.com

यायोक्खाद्वारा पथरीको साकेला थानमा वृक्षरोपन

क्रेजी साप्ताहिक
पथरी । किरात राई यायोक्खा पथरी शनिश्चरे मोरङले साकेला थान परिसरमा हिजो (शनिबार) वृक्षरोपन गरेको छ ।

साकेला परिसरलाई थप आकर्षक बनाउने उदेश्यले सोमि, रुद्राक्ष, जमुना, अम्बा लगायतका बिरुवा रोपिएको नगर अध्यक्ष प्रेमकुमार राईले बताए । कार्यक्रमको प्रमुख अतिथी यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई र मोरङ जिल्ला अध्यक्ष नरहाङ राईबाट सुरु गरेर वृक्ष रोपन नगरका पदाधिकारी सदस्य तथा वडा अध्यक्ष र सचिवको सहभागीतामा बिरुवा रोपिएको सचिब निर्मला राईले बताइन ।

वृक्ष रोपनपछि नगर भित्र रहेका बिधालयहरुमा मातृ भाषामा पठनपाठन, संगठनको कृयासिलता, धार्मिक वन दर्ता, आन्तरिक जनगणना बारे छलफल भएको थियो । भाषिक बाहुल्यता भएको क्षेत्रको बिधालयहरुमा मातृ भाषा पठनपाठनको पहल गर्ने केन्द्रीय निर्देशन अनुसार पथरीको पन्चायत र सुनाखरी माबिमा चाम्लिङ भाषा सुरु गर्न लागिएको हो ।

पथरी शनिश्चरे नगरमा रहेका २८ वटा सरकारी बिधालयहरुमा संभाब्यता अध्ययन गरेर मातृ भाषा पठनपाठनको प्रयास गर्दै जाने निर्णय भएको यायोक्खा नगर सदस्य निता राईले बताइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.