आरबी ड्रिमल्याण्डद्वारा फुट स्टेण्ड सेनिटाइजर प्रदान - Crazysaptahik.com

आरबी ड्रिमल्याण्डद्वारा फुट स्टेण्ड सेनिटाइजर प्रदान

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे–१ मा अवस्थित आरबी ड्रिमल्याण्ड कन्ट्रक्सन कम्पनीले आज पथरी शनिश्चरे नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालयलाई फुट सेनिटाइजर प्रदान गरेको छ ।

कम्पनीका प्रोप्राइटर हेमन्त बिष्टले नगर उपप्रमुख यमुना विष्ट बास्तोला र इलाका प्रहरी कार्यालय प्रमुख डीएसपी दिलीपकुमार गिरीलाई खुट्टाले थिचेर हातले नछोई हातमा प्रयोग गर्न मिल्ने फुट स्प्रिङ स्टेण्ड सहितको सेनिटाइजर हस्तान्तरण गर्नुभयो ।

नगरपालिकाका लागि २ वटा र इलाका प्रहरी कार्यालयका लागि एउटा फुट स्प्रिङ स्टेण्ड सहितको सेनिटाइजर हस्तान्तरण भएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.