
क्रेजी साप्ताहिक
पथरी । कुशे जनसेवा समाज हङकङद्वारा आर्थिक अवस्था कमजोर भएका पथरीशनिश्चरे–९ का सर्जहाङ सावा लिम्बुलाई आर्थिक सहयोग आएको छ ।
पथरी शनिश्चरे वडा नं. ९ को कार्यालयमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी वडा नं ९ का वडाध्यक्ष भानुभक्त राईले सो रकम सर्जहाङलाई प्रदान गरेका थिए । कुशे जनसेवा हङकङ समाजको संयोजनमा, रबिन योङ्या लिम्बु, सिता योङ्या लिम्बु, राधिका लिम्बु (राजु), गायत्री लिम्बु (विष्णु), बिजय लिम्बु, आश्मा वनेम लिम्बु, पर्वत मादेन लिम्बु, टिका देवी लिम्बुले एकमुष्ट ५३ हजार ७ सय रूपयाँ आर्थिक सहयोग गरेका हुन् ।
पथरी शनिश्चरे वडा नं. ९ को पाथीभारा सामाजिक समूहको संयोजनमा सो रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्षले देवेन्द्र वनेमले भने–‘सम्पूर्ण सहयोगी मनहरूप्रति हामी हृदयबाट नै हार्दिक आभार प्रकट गर्दछौं । विदेशमा रहेर पनि अति विपन्न नेपालीको घाउमा मलमपट्टी बनीदिनुहुने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक नमन प्रकट गर्दछौं ।’
कार्यक्रममा वडा न. ९ का अध्यक्ष भानुभक्त राई, सदस्य कुरुक्षेत्र नेपाल, कार्यालय सचिव दिर्घराज राय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सर्जहाङ सावाले उक्त सहयोग रकमबाट आफूलाई धेरै नै सहयोग मिल्ने बताए ।
भिडियो हेर्नुहोस् :-

