पारिवारिक निजी वन संघ नेपालद्वारा ‘वाटर डिस्पेन्सर’ मेसिन प्रदान - Crazysaptahik.com

पारिवारिक निजी वन संघ नेपालद्वारा ‘वाटर डिस्पेन्सर’ मेसिन प्रदान

क्रेजी संवाददाता
पथरी । पारिवारिक निजी वन संघ नेपालले कोरोना संक्रमितका लागि आइसोलेसन सञ्चालन गरेका पालिकाहरुलाई ‘वाटर डिस्पेन्सर’ मेसिन सहयोग गर्ने क्रममा आज मोरङको पथरी शनिश्चरे नगरपालिकालाई पनि सहयोग प्रदान गरेको छ ।

संघका केन्द्रीय सचिव नविन पौडेलको अगुवाईमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितलाई विरामीका लागि तातो र सामान्य पानीको व्यवस्थापन गर्ने ‘वाटर डिस्पेन्सर’ मेसिन प्रदान भएको हो । संघले सातै प्रदेशमा यसखाले कार्यक्रम अघि सारेको सचिव पौडेलले जानकारी गराउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.