बजेट तथा कार्यक्रम योजना समितिद्वारा प्राथमिकीकरण गर्ने निर्णय - Crazysaptahik.com

बजेट तथा कार्यक्रम योजना समितिद्वारा प्राथमिकीकरण गर्ने निर्णय

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरको बजेट तथा कार्यक्रम योजना समितिले आज विषयगत समितिका पदाधिकारीहरुसँग छलफल गर्दै आर्थिक वर्ष ०७८/७९ का लागि जेठ २८ गतेभित्र वडाका वस्तीस्तरबाट योजना छनोट गरी वडा कार्यालयले प्राथमिकीकरण गर्ने निर्णय गरेको छ ।

नगर उपप्रमुख एवम् बजेट तथा कार्यक्रम योजना समिति संयोजक यमुना बिष्ट वास्तोलाको अध्यक्षतामा वडाध्यक्षहरुलाई समेत आमन्त्रित गरिएको बैठकमा कोरोनाको संक्रमणको अवस्था यथावत भएपनि स्वास्थ्य मापदण्डमा रहेर योजना छनोट गर्नुपर्ने वाद्यता रहेको जानकारी गराइएको छ ।

बैठकमा, समितिका सदस्यका रुपमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, पूर्वाधार विकास समिति संयोजक बाबुराम एङदेन, आर्थिक विकास समिति संयोजक यामप्रसाद गुरागाईं, विधायन समिति संयोजक डम्बरबहादुर चेम्जोङ, सुशासन तथा सेवा प्रवाह समिति संयोजक जयबहादुर तामाङ, सामाजिक विकास समिति संयोजक कपिलमणि ढकाल, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक भानुभक्त राई सहभागी रहनुभएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.