
क्रेजी संवाददाता
पथरी । नेकपा एमाले युवा नेता नवीन कार्कीको पहलमा किरात फाल्गुनन्द युमा माङ्गहिमको भवन निर्माण हुने पक्का भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ स्थित शान्ति चोकमा रहेको किरात फाल्गुनन्द युमा माङ्गहिमको भवन निर्माण हुने पक्का भएको हो ।
संघीय सरकारको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दस लाख बजेट बिनियोजन गर्न पूर्वमन्त्रि भानुभक्त ढकालको बिशेष भूमिका रहेको युवा नेता कार्कीले जानकारी गराए । लिम्बु भाषा पठनपाठन गर्न भवनको अभाब ब्यहोरीरहेको माङ्गहिमले उक्त योजना लागू भएपछि निकै ठूलो उपलब्धी हासिल गर्ने भाषा शिक्षक सन्जय लिम्बुले जनाए । बिगत दश बर्ष अघि लिम्बु भाषा पठनपाठन हुदै आएको भएपनि त्यसयता बिभिन्न कारणले पठनपाठन बन्द भएकोमा नेता कार्कीको पहलमा पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा यहि शैक्षिकसत्र देखि पुन पठनपाठन संंन्चालन हुने ब्यबस्थापन समितिका अध्यक्ष शुकबहादुर थोप्रा लिम्बुले जानकारी दिए ।
युवा नेता कार्की ८ नम्बरकै ठुलो कृषि बजार सोमबारे बजार ब्यबस्थापन समितिका अध्यक्ष साथै प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष हुन् । कार्कीकै पहलमा ८ नम्बरको शैक्षिक केन्द्र बुद्द माध्यमिक बिद्यालयमा पाच करोडको लागतमा भवन निर्माण कार्य धमाधम निमार्ण भैरहेको छ । कार्की नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८, वडा कमिटिका अध्यक्ष हुन् ।

