हसन्दहमा पशुस्वास्थ्य शिविर - Crazysaptahik.com

हसन्दहमा पशुस्वास्थ्य शिविर

क्रेजी संवाददाता
हसन्दह । मोरङको पथरी शनिश्चरेस्थित हसन्दहमा शनिबार निःशुल्क पशुपंक्षी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वडा नम्बर ५ र ६ का लागि नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा ३ सय ५४ घरधुरीका २ हजार ८ सय ७० गाईभैंसी, ३ हजार ४ सय ८३ बाख्रा, १ हजार २ सय ७६ बंगुर, ७ हजार ३ सय २० कुखुरा र २४ कुकुरका लागि विभिन्न प्रकारका औषधि वितरण भएको शाखाका प्राविधिक पर्वत साहले जनाउनु भयो । वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित खवर