क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै १ सय ४५ औं शाखाको उद्घाटन गरेको छ ।
सेञ्चुरी बैंक, सरल बैक, सबैको बैक, सधैको बैक बनाउने उद्देश्यका साथ मंगलबार उदघाटन गरेको छ । बैंकको उद्घाटन पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्वापो, बैकका संचालक समिति सदस्य मनबहादुर राई र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार न्यौपानेले गर्नुभएको छ ।
नेपाल राष्ट्र बैंकबाट क बर्गको ईजाजत प्राप्त बैंकले यही आथिक वर्ष भित्र पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म १ सय ५० शाखा पु¥याउने लक्ष्य रहेको सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार न्यौपानेले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले जनतालाई छिटो र छरितो ढङगबाट सेवा प्रबाह गर्दै किसानलाई अभिप्ररित हुके किसिमका कृषि योजना ल्याए नगर बैक संग हातेमालो गर्न तयार रहेको बताए ।