क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत वडा नम्बर ३ का लागि ३ महिने निःशुल्क व्यूटिपार्लर तालिम बुधबार सम्पन्न भएको छ ।
नील डेबिट सैलुनमार्फतको तालिम समापनका अवसरमा बोल्दै नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगरको मुहार फेर्न दक्ष जनशक्ति आवश्यक रहेको बताउनु भयो । उपप्रमख देवीमाया काफ्लेले महिलाहरुलाई सिपमा दक्ष बनाउन नगरले निरन्तर कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
पूर्व नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिलाहरु आत्मनिर्भर भएर अघि बढ्नु आजको आवश्यकता भएको चर्चा गर्नुभयो । समिति संयोजक एवम् वडा सदस्य सम्झना नेपालीको अध्यक्षताको कार्यक्रममा ३ नम्बर वडाध्यक्ष विजय लिम्बू र नील डेबिट सैलुनका प्रोप्राइटर मीरा बस्नेतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
२ लाख ९० हजार बजेटमध्ये पार्लरमा १ लाख ८० हजार र बाँकी रकम अति विपन्न महिलाका लागि बाख्रा र बंगुरपालनमा सघाउने कार्यक्रम छ । १८ जनाको सहभागिता रहेको पार्लर तालिममा जूनु लिम्बूको सहजीकरण रहेको थियो ।