स्पेनिस क्लब रियल मड्रिडले जर्मन डिफेन्डर एन्टोनियो रुडिगरलाई अनुबन्ध गरेको छ । लिग च्याम्पियन रियलले बिहीबार सेन्टरब्याक रुडिगरलाई अनुबन्धित गरिएको जनाएको छ । रुडिठरले चेल्सीलाई गत सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए ।
२९ वर्षीय डिफेन्डरले रियलसँग ४ वर्षको सम्झौता गरेका छन् । रुडिगरको चेल्सीसँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिएको थियो । रुडिगर सन् २०१७ मा रोमाबाट चेल्सी आएका थिए ।