जापानले पाराग्वेलाई हरायो - Crazysaptahik.com

जापानले पाराग्वेलाई हरायो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले दक्षिण अमेरिकी टोली पाराग्वेमाथि ४–१ को सहज जित निकालेको छ ।  होकाइदोस्थित सापोरो डोमे रंगशालामा जापानको प्रभावशाली जितमा टाकुमा असानो, डाइची कमाडा, काओरु मितोमा र एओ टानाकाले एक–एक गोल गरे ।

पाराग्वेका डेर्लिस गोन्जालेजले सान्त्वना गोल फर्काएका थिए । फिफा वरीयतामा जापान २३औं र पाराग्वे ५०औं स्थानमा छ ।

सम्बन्धित खवर