फ्रान्स डेनमार्कसँग स्तब्ध - Crazysaptahik.com

फ्रान्स डेनमार्कसँग स्तब्ध

साबिक विजेता फ्रान्स यूईएफए नेसन्स लिगको आफ्नो पहिलो खेलमा डेनमार्कसँग स्तब्ध भएको छ । डेनमार्कले गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो । स्टाडे फ्रान्समा खेलिएको खेलमा अग्रता भने फ्रान्सले लिएको थियो ।

खेलको ५१ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, डेनमार्कका सब्सिटिट्युट आन्द्रेयस कोर्निलियसले दुई गोल गोल गर्दै टोलीलाई जीत दिलाए । उनले खेलको ६८ र ८८ औँ मिनेटमा गोल गरेका थिए ।

खेलमा फ्रान्सले किलियान एम्बाप्पे र राफायल भरानलाई घाइते हुँदै गुमाएको थियो । समूहको अर्को खेलमा अस्ट्रियाले क्रोएसियालाई ३ ० गोलले हरायो ।

सम्बन्धित खवर