हरियालीद्वारा जनप्रतिनिधिहरू सम्मानित - Crazysaptahik.com

हरियालीद्वारा जनप्रतिनिधिहरू सम्मानित

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित नेपालकै उत्कृष्ट वन पुरस्कार प्राप्त गर्न सफल हरियाली सामुदायिक वन उपभोक्ता समूहले नव निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरेको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्बापो, उपप्रमुख देविमाया काफ्ले लगायत सामुदायिक वनका उपभोक्ता जनप्रतिनिधिहरू वडा नम्बर ३ का वडा अध्यक्ष बिजय लिम्बु, वडा नम्बर ७ का अध्यक्ष उद्धवराज बस्नेत, वडा नम्बर २ का अध्यक्ष नैना राई र सदस्यहरु चन्द्रकुमार राई र सम्झना नेपालीलाई सम्मान गरिएको थियो ।

वनको सभाहलमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपभोक्ता समितिका केशवप्रसाद दाहालले राखेका थिए भने सब डिभिजन कार्यालय पथरीका प्रमुख सुरेन्द्र कार्की लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर