पथरीशनिश्चरे नगरापलिकाको प्रथम कार्यपालिका बैठक - Crazysaptahik.com

पथरीशनिश्चरे नगरापलिकाको प्रथम कार्यपालिका बैठक

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरमा दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि अन्तर्गतको सोमबार कार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षतामा भएको बैठकले कार्यविधि तयार गरी आर्थिक रुपले अति विपन्न परिवारका लागि अबको नयाँ आर्थिक बर्षबाट नगरले निःशुल्क स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रूपमा संचालनको निर्णय गरेको छ ।

नगर अस्पतालको सुत्केरी केन्द्रसम्म आउन र घर जानका लागि नगरका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गरिने पनि निर्णय गरेको छ ।

हालसम्मको १२९ र चालू आर्थिक वर्षको १२ औं सो बैठकले कार्यबिधि तयार गरि अति विपन्न परिवारका लागि मृत्यु राहत कोष खडा गरिने समेत निर्णय गरेको नगर प्रमुख तुम्बापोले जानकारी गराउनुभयो ।

यसका साथै, हाल परीक्षण स्वरूप आइतबार समेत शिक्षण संस्थामा दिन थालिएको बिदालाई बैठकले कटौती गर्ने निर्णय गरेको छ । सामुदायिक र सस्थागत शिक्षण सस्थाको पठनपाठनमा एकरुपता ल्याउनु पर्ने जिम्मेवारी समेतलाई ध्यानमा राखेर आइतबार पनि पठनपाठन संचालनको निर्णय भएको छ ।

साथै, बैठकले नगर उपप्रमुखको संयोजकत्व रहने स्थानीय राजस्व परामर्श समिति गठन गर्दै आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेटको तयारीका सम्बन्धमा पनि छ्लफल उठान गरेको छ ।

बैठक अघि इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेद्प्रसाद गौतमले बढदो लागू औषध दुर्ब्यसनी रोकथामको उपायका बारेमा धारणा राख्नु भयो । सब िडभिजन बन कार्यालय पथरी प्रमुख सुरेन्द्र कार्कीले बन संरक्षण र त्यस्को दिगो ब्यबस्थापनका कानूनी प्रावधान र स्थानीय निकायको भूमिका सहितका बारेमा आफ्ना कुरा राख्नुभयो ।

सम्बन्धित खवर