पथरीशनिश्चरे वडा नं. १० मा सिलाई कटाई तालिमको समापन - Crazysaptahik.com

पथरीशनिश्चरे वडा नं. १० मा सिलाई कटाई तालिमको समापन

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे–१० मा नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत सञ्चालित ३ महिने सिलाई कटाई तालिमको आज समापन भएको छ ।

एकता महिला समूहको आयोजनामा भएको कार्यक्रममा पूर्व नगर उपप्रमुख यमुना विष्ट बास्तोला, १० नम्बर वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिकाका पूर्व सदस्य मैनादेवी फूयल आचार्य सहितले महिला लक्षित यसप्रकारको सिपमुलक कार्यक्रमको निरन्तरताको मन्तव्य व्यक्त गर्नुभयो ।

समूह अध्यक्ष मञ्जु ढकालको अध्यक्षताको कार्यक्रममा सहभागि प्रशिक्षार्थीको तर्फबाट भूमा विश्वकर्माले अवको बजेटबाट एडभान्स तालिम प्रदान गर्न अनुरोध गर्नुभयो । सहभागीलाई प्रमाण–पत्र समेत वितरण गरिएको छ । तालिमका लागि ७० हजार रुपैयाँ विनियोजन भएको थियो ।

पूर्व नगर उपप्रमुख बास्तोला, १० नम्बर वडाध्यक्ष खतिवडा र वडासदस्य वीरबहादुर वस्नेतको टोलीले सोही वडाको जालपासिंहदेवी आधारभूत विद्यालयको भौतिक र शैक्षिक अवस्थाको अवलोकन समेत गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.