नेसन्स लिग : क्रोयसिया र फ्रान्स बराबरीमा रोकिए - Crazysaptahik.com

नेसन्स लिग : क्रोयसिया र फ्रान्स बराबरीमा रोकिए

क्रोएसियाले सोमबार राति नेसन्स लिगमा फ्रान्सलाई १–१ को बराबरीमा रोकेको छ । फ्रान्सले दुई खेलसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २–१ ले पराजित भएको थियो । क्रोएसिया पनि अस्ट्रियासँग ३–० ले निराश भएको थियो ।

स्पेनलाई हराउँदै फ्रान्सले गत संस्करण नेसन्स लिगको उपाधि जितेको थियो । यसअघि ५२औं मिनेटमा एड्रिन राबियोटको गोलमा फ्रान्सले अग्रता लिएको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा क्रोएसिया खेलमा फर्किएको थियो ।

क्रोएसियाका लागि एन्डरेज क्रामारिचले पाएको पेनाल्टीको सदुपयोग गर्दै टोलीको लगातार दोस्रो हारको संकट टारेका थिए । लिग ए ग्रुप वानमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा डेनमार्कले अस्ट्रियालाई २–१ ले हरायो । दुई खेलमा डेनमार्कको ६ अंक छ भने दोस्रो स्थानको अस्ट्रियाको तीन अंक छ । तेस्रो स्थानको फ्रान्स र चौथो स्थानको क्रोएसियाको समान एक अंक छ ।

 

सम्बन्धित खवर