भारतकी लिजेण्ड मिथाली राजद्वारा सन्यास घोषणा - Crazysaptahik.com

भारतकी लिजेण्ड मिथाली राजद्वारा सन्यास घोषणा

भारतीय महिला क्रिकेट टिमकी लिजेण्ड मिथाली राजले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी छन् । २३ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको मिथालीले बुधबार सामाजिक संजालबाट घोषणा गरेकी हुन् । ३९ वर्षीय मिथालीले भारतका लागि १२ टेस्ट, २ सय ३२ एकदिवसीय अन्तराष्ट्रिय र ८९ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेकी छन् ।

उनले सन्यास घोषणा गर्दै समर्थकको साथ र सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेकी छन् । ‘तपाईहरुको माया र समर्थनको लागि धन्यवाद ! म तपाईको आशीर्वाद र समर्थनको साथ मेरो दोस्रो इनिङको प्रतीक्षामा छु,’ उनले लेखेकी छन् ।

 

सम्बन्धित खवर