क्रिकेट टोलीको तयारीका लागि आयोजित एनआरएनए युएसए कप सम्पन्न - Crazysaptahik.com

क्रिकेट टोलीको तयारीका लागि आयोजित एनआरएनए युएसए कप सम्पन्न

विश्वकप क्रिकेट लिग टूको खेल्ने नेपाली टोलीले तयारी स्वरुप खेलेको एनआरएनए युएसए कप सम्पन्न भएको छ । नेपालले गत बिहीबार नेपाली अल स्टार क्लबसँग र दोस्रो खेलमा ह्युष्टन हुरिकेनसँग प्रतिष्पर्धा गरेको थियो । जसमा पहिलो खेलमा अल स्टारसँग नेपाल चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले ह्युष्टन हुरिकेनलाई २९ रनले हराएको थियो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको तत्वाधानमा भएको प्रतियोगितामा संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अमेरिकामा व्यवस्थापनको जिम्मेवारी लिएको थियो । त्यस्तै नेपाली अल स्टार क्लबलाई २० हजार डलर सहयोग गरेको थियो ।अमेरिका भ्रमणमा नेपालले ओमानसँग बिहीबार खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

लिग अन्तर्गत अमेरिकामा संचालन भैरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् । सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहरमा रहेको  मोसा स्टेडियमा संचालन हुनेछ । अंक तालिकामा ओमान ३२ खेल खेल्दै १९ जित सहीत ४० अंक सहित शीर्ष स्थानमा छ । यसैगरी स्कटल्याण्ड १६ खेलमा ११ मा जित निकाल्दै २४ अंकसहित दोस्रो स्थानमा छ । नेपाल १२ खेलमा १२ अंकका साथ छैठौं स्थानमा छ ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), सुवास खकुरेल (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.