वडा नं. १० मा ढाका बुनाई तालिम समापन - Crazysaptahik.com

वडा नं. १० मा ढाका बुनाई तालिम समापन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–१० मा नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत सञ्चालित ३ महिने ढाका बुनाई तालिमको आज समापन भएको छ ।

नगरस्तीय प्रगतिशिल ढाकातान समितिको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्व नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिलाहरु उद्यमी वन्ने ढाकातानको कार्यक्रमलाई नगरले निरन्तरता दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा, १० नम्बर वडाध्यक्ष जीवन खतिवडाले पनि मन्तव्य व्यक्त गर्दै महिलाहरुको सिप विकासका लागि वडा कार्यालय प्रतिवद्ध रहने बताउनु भयो । समिति अध्यक्ष मिनाक्षी तामाङको अध्यक्षताको कार्यक्रममा कार्यपालिका सदस्य मिनाकुमारी तामाङ र वडा सदस्य वीरबहादुर वस्नेतले पनि मन्तव्य व्यक्त गर्नुभयो ।

सदस्यहरु मनकुमारी विश्वकर्मा र दिलबहादुर कार्कीको पनि उपस्थिती रहेको छ । सहभागिलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । ३० जनाको सहभागिता रहेको तालिमका लागि नगरपालिकाबाट २ लाख ९० हजार रुपैयाँ विनियोजन भएको थियो । जसबाट ८ वटा सिलाई मेसिन समेत खरिद गरिएको थियो ।

सम्बन्धित खवर