दक्षिण अफ्रिकासँग भारतको हार - Crazysaptahik.com

दक्षिण अफ्रिकासँग भारतको हार

भारतीय क्रिकेट टोलीमाथि पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाले जित निकालेको छ । बिहीबार राति भएको खेलमा भारत दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको हो ।भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।दक्षिण अफ्रिकाको जितमा रस्सी भान डेर डुसेनले अविजित ७५ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै डेभिड मिलरले अविजित ६४ रनको अर्धशतकीय इनिङ खेले । भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । भारतका इशान किसनले ७६ रनको अर्धशतकीय पारी खेले ।

श्रेयस इयरले ३६ तथा कप्तान ऋषव पन्तले ३६ र हार्दिक पान्डेयले अविजित ३१ रन बनाए । दक्षिण अफ्रिकाका केशव महाराज, एन्रिच नोर्किया, पर्निल र ड्वाने प्रिट्रोरियसले एक एक विकेट लिए । जितसँगै पाँच खेलको सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।

सम्बन्धित खवर