क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा प्याब्सन नगर कार्यसमिति पथरीशनिश्चरेको आयोजनामा चित्रकला प्रतियोगिता भएको छ ।
शुक्रबार भएको सो प्रतियोगितामा कक्षा ६ देखि १० सम्ममा सुपब् मोडलका अंकित राई प्रथम, भूपू सैनिकका प्रज्वल राउत द्वितीय, प्याराडाइसका खेमिसा लिम्बु तृतयि र अरुणोदयका नुना अधिकारी सान्त्वना भएका छन् ।
यस्तैगरी कक्षा १ देखि ५ सम्ममा किरात एकेडेमीका आयुष राई प्रथम, अरुणोदयका समिक्षा तामाङ द्वितीय, रेडस्टारका जियो राई तृतीय र मोरङ मेरिगोल्डका संगम राई सान्तवना भएका छन् ।