पथरीशनिश्चरेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम - Crazysaptahik.com

पथरीशनिश्चरेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

क्रेजी संवाददाता
ईस्वर दुलाल।
 इलाका प्रहरी कार्यालयले पथरीशनिश्चरेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेको छ ।

पथरीशनिश्चरे वडा नं. ९ को सभाहलमा भएको कार्यक्रममा लागुऔषध दुव्यसनीको विषय उठेको थियो । कार्यक्रममा पथरीशनिश्चरे–४ का अध्यक्ष लोकनाथ न्यौपाने, सदस्य कल्पना श्रेष्ठ, मिनाकुमारी बि.क., उपेन्द्र कार्की, पथरी शनिश्चरे ८ का अध्यक्ष नबिन कार्की, सदस्य बाबुराम चौधरी र ९ नम्बर वडाका सदस्यहरु मन्जु राई, कृष्णकुमारी नेपाली, उपेन्द्र कार्की लगायत विभिन्न दलका राजनीतिज्ञ, जनप्रतिनिधिहरुसँग संस्थाका पदाधिकारीहरु र स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लागूऔषधमा १६ वर्षकादेखि २२ वर्ष भित्रका व्यक्तिहरु अत्याधिक रुपमा फसेकाले त्यसको न्युनिकरणमा प्रहरीले जोड दिनुपर्ने तथा अन्य अपराधिक क्रियाकलापहरुको न्यूनिकरण गर्न प्रहरीले चनाखोका साथ निगरानी गर्नुपर्ने र त्यसका लागि प्रहरीलाई हरकदम साथ दिन तयार भएको जनप्रतिनिधिहरु तथा स्थानीयहरुवासीहरुले बताउनुभयो ।

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी अभियान अपरिहार्य भएको भन्दै नेपाल प्रहरीले अभियान सुरु गरेको हो । समाजमा विभिन्न किसिमका अपराधका घटना बढेको भन्दै अपराध नियन्त्रणमा प्रहरीले मात्रै त्यसको नियन्त्रण गर्न नसकिने भन्दै हरेक समुदायको साथ सहयोग जरुरी रहेको भन्दै साझेदारी कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय पथरीका इन्चार्ज डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै डिसपी गौतमले लागुऔषध दुर्वेशनी न्युनिकरणका लागि जुनसुकै कार्यक्रम गर्नु परे इलाका प्रहरी कार्यलय पथरीले सहयोग गर्ने तथा अपराध न्यूनिकरणमा स्थानीयवासी तथा प्रहरी मिलेर काम गर्नेे बताउनु भयो ।

 

सामुदाय प्रहरी पालिका समिति इलाका प्रहरी कार्यालय पथरीले आयोजना गरेको कार्यक्रमलाई बरिष्ठ सइ प्रकाश पराजुलीले गर्नुभएको थियो ।

यस्तो छ अभियानको अवधारणा ः
अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने र समग्रमा सामुदायिक सुरक्षालाई अभिद्धि गर्ने नेपाल प्रहरी र स्थानीय तहको बीचमा सम्बद्ध सरोकारवालाहरुलाई समेत समेटी संस्थागत साझेदारी निर्माण गर्ने छ ।

प्रहरी, स्थानीय तह, समुदाय सामाजिक संघ सस्था, विद्यालयबीच अपराध रोकथाम, सामुदायिक सुरक्षा र चेतना कार्यक्रमहरुकालागि साझेदारी निर्माणका लागि नीतिगत केन्द्रीय तहमा प्रहरी प्रधान कार्यालय प्रदेशिक तहमा प्रदेश प्रहरी कार्यालयले संयोजन र समन्वय गर्नेछ ।

यस्तैगरी समुदाय प्रहरीको सझेदारीका आधारभूत संयन्त्रका रुपमा पाँच तह रहने व्यवस्था गरेको छ । समुदाय प्रहरी जिल्ला समिति समुदाय प्रहरी पालिका समिति समुदाय प्रहरी वडा समिति समुदाय प्रहरी टोल समिति प्रहरी विद्यालय सम्पर्क समिति भावी योजना समुदाय प्रहरी साझेदारीलाई नेपाल सरकारको राष्ट्रिय प्राथमिकताका क्षेत्रको रुपमा दीर्घकालीन योजना र कार्यक्रमहरुमा समावेश गर्नेछ । मुलुकी अपराध संहिता ऐन २०७४ मुलुकी फौजदारी कार्यबिधी संहिता ऐन २०७४ र फौजदारी कसूरले व्यवस्था गरेको सामुदायिक सेवा खुल्ला कारागार सामाजिकीकरणमा समेत सहयोग हुनेछ ।

 

सम्बन्धित खवर