क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा अवस्थित रेडस्टार माविले कक्षा –१२ का विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार एक कार्यक्रमका बीच उक्त विद्यालयमा अध्ययनरत कक्षा–१२ का सम्पूर्ण विद्यार्थीहरूलाई विदाई सहित बधाई तथा शुभकामना प्रदान गरिएको हो ।
प्रमुख अतिथि रहनुभएका नगर शिक्षा शाखा प्रमुख शालिकराम काफ्लेले नगरमा रेडस्टार माविले संस्थागत विद्यालय भए पनि नगरको शैक्षिक गुणस्तर सुधारका लागि पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो ।
सन् २०२२ देखि २०२४ सम्मको लागि ब्रिटिस अवार्ड प्राप्त गर्न सफल रेडस्टार माध्यमिक विद्यालयका प्रधानाध्यापक टि .एन . तिम्सिनाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
सोही अवसरमा नोबेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेसनका प्रिन्सिपल भोलानाथ पाण्डे, ब्राइट सनराईज एकेडेमीका प्रिन्सिपल दिलप्रसाद आचार्यले अतिथिको तर्फबाट बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो भने शिक्षकको तर्फबाट विष्णु पोखरेल तथा विद्यार्थीको तर्फबाट त्रियुगा लिम्बु र सचिन लिम्बुले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा हिसान केन्द्रीय कमिटीका उपाध्यक्ष भेषराज पोखरेल, हिसान प्रदेश कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का, नगरका शिक्षा शाखा अधिकृत नवीन खुलाल, रेडस्टार माविका संचालक समिति सदस्य विजय डाँगी, दानवस अंग्रेजी बोर्डिङका प्रिन्सिपल किरण थापा, नमूना वोर्डिङका प्रिन्सिपल हरी काफ्ले, कञ्चनजंघा इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल खडग श्रेष्ठ, सिंहदेवि एकेडेमीका प्रिन्सिपल दिपक थापा लगायतको उपस्थिति रहेको थियो ।
रेडस्टार माविका सहायक प्रधानाध्यापक वसन्त मादेनले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संचालन शिक्षिका सरिता भट्टराईले गर्नुभएको थियो ।
सभाध्यक्ष टिएन तिमिल्सिनाले कार्यक्रमका प्रमुख, विशिष्ट , अतिथि तथा कक्षा –१२ का विद्यार्थीहरुलाई पनि मायाको चिनो प्रदान गर्नुभएको थियो ।