क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौं साधारणसभाबाट जयराम बिष्ट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
संस्थाको पथरीशनिश्चरे–१ को मन्दिरलाइनमा साधारणसभा सम्पन्न हुँदै नव कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
यस्तैगरी उपाध्यक्षमा वेदनिधि खनाल, सचिवमा महेन्द्र राई, सह–सचिवमा कुलमाया तिम्सिना भण्डारी, कोषाध्यक्षमा भवानीप्रसाद दुलाल, खुल्ला सदस्यमा महेश बिष्ट, रामकुमार राई, महिला सदस्यमा भोजकुमारी लावती, शोभा तिम्सिना, लेखा संयोजकमा शान्तिराम तिम्सिना, लेखा सदस्यमा रामप्रसाद परियार, लुमा खड्का निर्वाचित भएका हुन् ।
निर्वाचित नव कार्यसमितिलाई निर्वाचन समितिका संयोजक अर्जुनकुमार क्षेत्रीले सफतग्रहण गराएका थिए । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष भीमकुमार राई र निवर्तमान खानेपानीका अध्यक्ष वीरबहादुर बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।
टिका दंगालले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान उपमेयर यमुना बिष्ट बास्तोला, समाजसेवीद्वय सूर्य श्रेष्ठ, देवराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।