ईस्वर दुलाल
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ४ मा निर्माणाधीन सामुदायिक भवनको अवलोकन गरिएको छ ।
गणेश अम्बिका सामुदायिक भवनको नगर उपप्रमुख देवीमाया काफ्लेले सोमबार निर्माणस्थल अवलोकन गर्नुभएको हो ।
प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सामुदायिक भवन’ कार्यक्रम अन्तर्गत ५ करोड बढीको बजेटमा निर्माण हुन लागेको र हाल घेराबारा (कम्पाउण्ड)को काम हुने भवन निर्माण समितिका अध्यक्ष पर्शुराम कार्कीले जानकारी दिनुभयो ।
सामुदायिक भवन ५ कठ्ठा जमिनमा निर्माण हुन लागेको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार अन्तर्गतको बजेट मार्फत् बहुवर्षीय योजनामा निर्माण हुने सो भवन निर्माणका लागि गणेश भण्डारी र अम्बिका भण्डारी दाम्पतिले ५ कठ्ठा जग्गा दान गर्नुभएको हो ।
जग्गा दातालाई धन्यवाद दिदै बढ्दो सहरीकरणका कारण विभिन्न कार्यक्रम विवाह, ब्रतबन्ध, धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरू गर्न आफ्नो घरमा आवश्यक ठाउँ नहुने, विभिन्न सिपमूलक कार्यक्रम, तालिम लगायतका कार्यक्रमहरू संचालन गर्नका लागि सामुदायिक भवन आवश्यक रहेकाले नगरबाट सक्दो सहयो गर्ने प्रतिबद्दता उपप्रमुख काफ्लेले जाहेर गर्नुभयो ।