शनिश्चरे स्वास्थ चौकीको निरीक्षण - Crazysaptahik.com

शनिश्चरे स्वास्थ चौकीको निरीक्षण

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ९ मा अवस्थित शनिश्चरे स्वास्थ चौकी निरीक्षण गरिएको छ ।

सोमबार नगर उपप्रमुख देविमाया काफ्लेले स्वास्थ चौकीको निरीक्षण गर्नुभएको हो । नगर वासीको स्वास्थ अवस्थालाई मध्यनजर गर्दै आम नागरिकले सहज रुपमा स्वास्थ्य लाभ लिन सहज होस् भन्ने हेतुले काफ्लेले स्वास्थ्यचौकीको अवलोकन गर्नुभएको हो ।

उपप्रमुखले स्वास्थ्य चौकीमा के–के आवश्यक छ, सम्पूर्ण विवरण नगरमा पेश गर्न र स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन तथा आवश्यक सरसल्लाह दिन कर्मचारीहरूलाई निर्देशन समेत गर्नुभएको छ ।

सम्बन्धित खवर